![Agni Offset Press](https://agnisamachar.com/wp-content/uploads/2024/08/Agni-Offset-Press-scaled-1.jpg)
काठमाडौँ,२० चैत : भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री देउवा आज बनारस पुगेका हुन्। उनलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले बनारसमा स्वागत गरेका छन्। तीन दिने भारत भ्रमणको अन्तिम दिन बनारसका धार्मिक स्थलको अवलोकन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
बनारसबाट आज अपराह्न ४ बजे दिल्ली फर्किनेछन्। दिल्लीबाट आजै ४ः१५ बजे काठमाडौं फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
तीन दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री देउवाको नेतृत्वमा ५० सदस्यीय नेपाली टोली शुक्रबार दिल्ली पुगेको थियो।
![Godawari Janhitma Jari Sandes](https://agnisamachar.com/wp-content/uploads/2024/08/galaxy-multiple-campus-add.jpg)