Agni Offset Press

बेदकोट नगरपालिकाका मेयर चन्दसहित २६ जनप्रतिनिधि समाजवादीमा प्रवेश गर्दै

Aarati simant

अत्तरिया : कञ्चनपुरको बेदकोट नगरपालिकाका मेयर तथा नेकपा ९एमाले०का नेता अशोककुमार चन्द माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने भएका छन् । आज एक कार्यक्रमबीच उनलाई अध्यक्ष नेपालले पार्टीमा स्वागत गर्ने कार्यक्रम तय भएको छ ।

मेयर चन्दसँगै पाँच वडाध्यक्षसहित निर्वाचित २६ जनप्रतिनिधि समाजवादीमा प्रवेश गर्ने कार्यक्रम छ । १० वडा रहेको बेदकोटमा आठ वडाध्यक्ष एमालेले जितेको थियो । आठमध्ये पाँचजनाले एमाले परित्याग गर्न लागेका हुन् ।

मेयर चन्द एमालेभित्र माधव नेपाल समूहमा सक्रिय थिए । गएको पुस अन्तिम साता भएको जिल्ला अधिवेशनमा उनी सचिव पदमा चुनाव लडेर पराजित भएका थिए । आफूहरू पार्टी विभाजन हुँदा पनि एमालेमै रहेको र पार्टीभित्र आफूहरूमाथि अन्याय भएको उनीहरूले बुझाइ छ । एक नेताले आफूहरूले केन्द्रमा पनि गुनासो गर्दा सम्बोधन नभएको र उल्टै माधव नेपालकै समूहका भन्दै पेलानमा पार्दै गएकाले पार्टी छाड्नुपरेको बताए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.