Agni Offset Press

कञ्चनपुरमा एमालेबाट निर्वाचित मेयर एकीकृत समाजवादीमा प्रवेश, अध्यक्ष नेपालले गरे स्वागत

Aarati simant

अत्तरिया : कञ्चनपुरमा २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट वेदकोट नगरपालिकाको मेयरमा निर्वाचित भएका अशोककुमार चन्दसहितका जनप्रतिनिधि नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । ५ जना वडा अध्यक्ष सहित कार्यपालिका सदस्यहरुले समाजवादीमा समाहित भएका हुन् ।

मेयर चन्दसहित वडा नम्बर ३ का वडाअध्यक्ष तिलक ठकुल्ला, ४ का भास्कर भट्ट, ७ का वीर बहादुर डगौरा, ८ का दुर्गा सिंह भन्डारी र १० का वडाअध्यक्ष केशव रावल समाहित भएका हुन । यस्तै कार्यपालिका सदस्यहरु चेतराम कामी, दलबिर टमटा, तारा रैकाल, निर्मला बिस्ट,माया महरा र पिङ्की दमाई पनि समाजवादीमा समाहित भएका छन् । यस्तै एमाले जिल्ला कमिटी सचिवालय सदस्य रामचन्द्र रेग्मी र जिल्ला सदस्य देब बहादुर चन्द पनि समाहित भए । जिल्ला कमिटी सल्लाहकार पुजा पौडेल, भानमती खडायत, कर्ण खडायत, केशव रावल पनि प्रवेश गरेका छन् ।

कञ्चनपुरको वेदकोट नगरपालिका–३ दैजीमा आयोजित कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मेयर चन्दसहितका जनप्रतिनिधिलाई पार्टीमा स्वागत गरे ।

गत पुसमा भएको नेकपा एमालेको जिल्ला अधिवेशनमा पल्लवराज भट्टसँग सचिव पदमा पराजित भएपछि पार्टीभित्र असन्तुष्ट बनेका मेयर चन्द माधव नेपाल एमालेमा छँदा उनी निकट नेता हुन् । पार्टी विभाजन भएका बेला समेत एमालेमै बसेका चन्द पार्टी अध्यक्ष सुरेन्द्र विष्ट समूहको पेलानमा परेका कारण बाध्य भएर अर्को बाटो रोज्नुु परेको निकटस्थहरुलाई बताउने गरेका छन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.