Agni Offset Press

सहकारी दिवसको अवसरमा हिमशिखरको आयोजनामा वक्तित्वकला प्रतियोगिता

Aarati simant

धनगढी, २० चैत : हिमशिखर बहु–उदेश्यी सहकारी संस्थाले वक्तित्वकला प्रतियोगिता सम्पन्न गरेको छ । ६५ औँ सहकारी दिवसको अवसर पारेर ‘आर्थिक समृद्धिमा सहकारीको भूमिका’ विषयक माध्यामिक विद्यालय स्तरीय वक्तित्वकला प्रतियोगिता आयोजना गरिएको थियो । आईतबार धनगढी उपमहानगरपालिकाका २० विद्यायहरुको सहभागितामा प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा धनगढीको ग्यालेक्सि माध्यामिक विद्यालयमा अध्ययनरत जानवी जोशी प्रथम भएकी हुन् । यस्तै त्रिनगर माध्यामिक विद्यालयमा अध्ययनरत वमबहादुर विक द्वितिय, एरिष्टो इङलिस बोर्डिङ स्कूलमा अध्ययरत अमिशा गिरि तृतीय र धनगढी नमुना माध्यामिक विद्यालयमा अध्ययरनत प्रविन चन्द सान्त्वना भएका हुन् ।
प्रतियोगितामा सहभागि हुनेलाई नगद र प्रमाणपत्र सहित पुरस्कृत गरिएको हो । प्रतियोगितामा प्रथम हुनेलाई १० हजार , द्वितीय हुनेलाई ७ हजार तृतीय हुनेलाई पाँच हजार र सान्त्वना हुनेलाई ३ हजार रुपैयाँ पुरस्कार दिएको हो ।

प्रतियोगितामा ग्यालेक्सि माध्यामिक विद्यालयमा अध्ययनरत जानवी जोशी प्रथम, त्रिनगर माध्यामिक विद्यालयमा अध्ययनरत वमबहादुर विक द्वितिय, एरिष्टो इङलिस बोर्डिङ स्कूलमा अध्ययरत अमिशा गिरि तृतीय र धनगढी नमुना माध्यामिक विद्यालयमा अध्ययरनत प्रविन चन्द सान्त्वना भएका हुन् ।

प्रतियोगिता हिमशिखर सहकारीका अध्यक्ष दुर्गा भण्डारीको अध्यक्षतामा भएको हो । प्रतियोगितामा जिल्ला सहकारी संघ कैलालिको अध्यक्ष फणिराज सापकोटा प्रमुख अथिति रहेका थिए । यस्तै राष्ट्रिय सहकारी बैंक धनगढी शाखा प्रमुख कृष्णबहादुर रावल पनि अथिति रहेका थिए ।
हिमशिखर सहकारीका प्रबन्धक महेन्द्र शाहीले स्वागत कार्यक्रममा सञ्चालन शिक्षा उपसमिति सदस्य सुवास भण्डारील गरेका हो । धनगढी–५ तारानगरमे प्रधान कार्यालय रहल सहकारीको सेवा केन्द्र हसुलिया र अत्तरियामा रहेको छ । सहकारीको कार्यक्षेत्र धनगढी उपमहानगरपालिका, गौरीगंगा नगरपालिका, कैलारी गाउँपालिका र गोदावरी नगरपालिका रहेका छन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.