Agni Offset Press

सुदूरपश्चिममा स्थानीय निर्वाचनमा विप्लव र एमाले एक ठाउँमा

Aarati simant

धनगढी : आसन्न स्थानीय तहको निर्वाचनमा तालमेल गर्न सुदूरपश्चिममा नेकपा एमाले र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच गृहकार्य भइरहेको छ। एमालेले नेपाल कम्युनिष्ट पार्टीसँग चुनावी तालमेलको प्रस्ताव गरेको हो।

सोमबार धनगढीमा एमालेका प्रदेश अध्यक्ष दामोदर भण्डारी र नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुन लगायतका नेताहरूको सहभागितामा उक्त विषयमा छलफल भएको छ। पहिलो चरणमा तालमेलबारे कुराकानी भएको नेकपाका केन्द्रीय सदस्य पुनले बताए। ‘हामीहरूलाई उहाँहरूले बसौँ छलफल गरौँ भनिरहनुभएको थियो। तालमेल के कसरी गर्न सकिन्छ भन्नेबारे कुराकानी भयो’ उनले भने।

बैठकमा सहभागी एमालेका केन्द्रीय निर्वाचन विभाग सदस्य रणबहादुर चन्दले पनि दुई पार्टीबीच चुनावी तालमेलका विषयमा कुराकानी भएको जानकारी दिए। उनले भने, ‘मिलेर चुनावमा जाऔँ भन्ने ढंगले हामीबीच छलफल भएको हो। अर्को चरणमा फेरि छलफल गर्नेछौं। उनले नेकपाबाहेक राप्रपासँग पनि तालमेल गरेर चुनावमा जानेबारे छलफल चलिरहेको जानकारी दिए। तर एमाले एक्लै चुनाव लड्न सक्षम रहेको पनि उनको दाबी छ। एमाले विभाजन भएपछि सुदूरपश्चिममा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी बलियो देखिन्छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.