गोदावरी–४ र २ को वडा अध्यक्षमा एमालेका को–को आकांक्षी

अत्तरिया : गोदावरी नगरपालिका वडा नं ४ मा नेकपा एमालेका तर्फवाट स्थानिय निर्बाचनको लागी वडा अध्यक्षमा ११ जनाले दाबी प्रस्तुत गरेका छन् । आज बसेको वडा कमिटीको बैठकमा उनिहरुले दाबी प्रस्तुत गरेका हुन ।
दाबी गर्नेहरुमा हालका वडा अध्यक्ष प्रेमराज भण्डारी, वडा किमिटिका अध्यक्ष रविन्द्र रोक्कामगर, पुष्पराज भट्ट, कुलबहालदुर स्वार, बलबहादुर चौधरी, बामदेव अबस्थी, खगेन्द्र साउँद, भिमबहादुर साउँद, भिष्म सुबेदी, डम्बर बोहरा, शान्ति चौधरी रहेका छन् ।
वडामा सर्ब सम्मतीबाट एक जना चयन हुन नसकेपछि आकांक्षी सबैको नाम नगरकमिटीमा पठाइएको वडा कमिटीले जनाएको छ ।
वडा नम्बर २ मा पनि ११ जना आकांक्षी
नेकपा एमाले गोदावरी–२ बाट स्थानीय निर्वाचनको लागी वडा अध्यक्षमा ११ जनाले दाबी प्रस्तुत गरेका छन् । मंगलबार बसेको वडा कमिटीको बैठकमा उनिहरुले दाबी प्रस्तुत गरेका हुन ।
दाबी गर्नेहरुमा हालका वडा अध्यक्ष कृष्णराज जोशी पनि रहेका छन् । यस्तै अन्यमा भुबनेस्वर भट्ट, डम्बर साउँद, भरतकुमार साउँद, भोजबहादुर साउँद, करन बिक, रामसिं धामी, संगिता बिक, समिर महरा (डम्बर) , पुष्पलाल खतिवडा र राजकुमार गुरुङ रहेका छन् ।
वडामा सर्ब सम्मतीबाट १ जनाको चयन हुन नसकेपछि आकांक्षी सबैको नाम नगरकमिटीमा पठाइएको वडा कमिटीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.