Agni Offset Press

धनगढीमा ‘मेट्रिक ठेगाना’ प्रणालीको सुरुवात

Aarati simant

धनगढी, २३ चैत : कैलालीको धनगढी उपमहानगरपालिकाले मेट्रिक ठेगाना प्रणालीको सुरुवात गरेको छ । प्रणालीको बुधबार धनगढीको एलएनचोकबाट मेयर नृपबहादुर वडले उद्घाटन गरे । मेट्रिक ठेगाना प्रणाली अन्र्तगत घर–घरमा प्लेट जडान गरिने छ । मेयर वडले धनगढीको वडा नम्बर एक एलएनचोकमा रहेको निजी घरमा नम्बर प्लेट लगाएर प्रणालीको सुरुवात गरेका हुन् । सुरुवातमा उपमहानगरको १,२,३, ४ र ५ मा यो प्रणाली लागू गरिने मेयर नृपबहादुर वडले बताए । ‘अघिल्लो बर्ष नै यो कार्यक्रमको सुरुवात गर्ने कार्यक्रम रहेको थियो’, मेयर वडले भने । ‘कोरोनाका कारण हुन सकेन् । पहिलो चरणमा १,२,३४ र ५ मा सुरु गरिने छ । विस्तारै १९ वटै वडामा विस्तार गरिने छ ।’
शहरी व्यवस्थापनका विभिन्न तत्वहरूमध्ये ठेगाना प्रणाली एउटा महत्वपूर्ण पक्ष भएको उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले बताए । यसले आम रूपमा ‘घर नम्बर’ भनेर बुझ्ने गरिने गरिने गरेको उनको भनाई छ । ‘यस प्रणालीले शहरवासीलाई सरकारका निकायहरू र अन्य विभिन्न सेवाप्रदायकले प्रदान गर्ने सेवा सुविधा सहज बनाउनसँग प्रत्यक्ष सरोकार राख्छ’, उनले भने । ‘सेवाप्रदायक र उपभोक्ता (घर परिवार) दुवै पक्षलाई यसले सेवा प्रदान तथा ग्रहण प्रभावकारी बनाउन सहयोग गर्दछ ।’
बाटाको चोक तथा मिलन विन्दु (दोबाटो चौबाटो) देखि कुनै निश्चित घरको दूरी (लम्बाई) का आधारमा घर ठेगाना पत्ता लगाउन सकिन्ने इन्जिनीयर दिजराज भट्टले बताए ।
‘चोकको दूरीलाई आधार मानेर घरको नम्बर, टोल र बाटोको नाम उल्लेख गरि सोहि आधारमा गरिने ठेगाना प्रणालीलाई मेट्रिक ठेगाना प्रणाली भनिन्छ’ इन्जिनीयर भट्टले भने । ‘यस प्रणालीले बाटोको नाम र दूरीको आधारमा घर नम्बर प्रदान गर्ने भएका कारण जुनसुकै मानिसलाई पनि घर पहिल्याउन सहज हुने छ ।’ दुरीको आधारमा घर नम्बर राखिने भएकोले घर पहिल्याउन समस्या नहुने उनको भनाई छ । घरसँग जोडिएको बाटोको सुरुको बिन्दुदेखि घरको मुल ढोका सम्मको दूरी घरको नम्बर प्लेटमा राखिने भएका कारण घर पहिल्याउन सहज हुने भट्टले बताए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.