कैलारी गाउँपालिका–७ मा काँग्रेसको निर्विरोध वडा अध्यक्षमा वमको उम्मेद्वारी
अत्तरिया : कैलारी गाउँपालिका वडा नम्बर ७ मा नेपाली काँग्रेसका युवा नेता दिपेन्द्रबहादुर बम को उम्मेद्वरी चयन भएको छ । आसन्न बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि वमको निर्विरोध वडा अध्यक्षको उम्मेद्वारी चयन भएको हो । वडामा वडा सदस्यमा उमेश चौधरी, तुनीराम चौधरी, महिला वडा सदस्यमा सुन्दरीदेवी चौधरी र दलित वडा सदस्यमा श्यामलाल विक को उम्मेद्वारी चयन भएको हो ।
२०७४ मा भएको निर्वाचनमा नेकपा माओवादी केन्द्रका कमल चौधरी निर्वाचित भएका थिए । उनले ११ सय ७४ मत ल्याएर निर्वाचित भए । फोरम लोकतान्त्रीक पार्टीले ७ सय ५४ मत पाएको थियो भने काँग्रेसले ७ सय मत पाएको थियो । यस्तै राष्ट्रिय जनता पार्टीले ४ सय मत पाएको थियो । ५४ सय ६० वडा नम्बर ७ मतदाता रहेका छन् ।
अहिले फोरम र काँग्रेस एकीकृत भईसकेको हुँदा काँग्रेस बहुमतमा रहेको बमले जानकारी दिएका छन् । सत्तारुढ दलहरु गठबन्धन भईरहेको वेला कैलारी ७ मा भने गठबन्धन नगर्न जिल्लालाई सिफारिस गरेको उनले बताए ।