Agni Offset Press

गैरसांसद मन्त्री बन्दीले लिए पद तथा गोपनीयताको शपथ

Aarati simant

काठमाण्डौँ : बिहीबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री नियुक्त भएका गोविन्द बन्दी शर्मा (कोइराला) ले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बन्दीले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्। बन्दी गैरसांसदका रूपमा मन्त्री बनेका हुन्। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालनिटक मानिने उनी सोही पार्टीका तर्फबाट मन्त्री बनेका बताइएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बन्दीलाई मन्त्री नियुक्त गरेकी हुन्। नेपालको संविधानको धारा ७८ मा संघीय संसद्को सदस्य नभएको व्यक्ति मन्त्री हुने अवस्थाको परिकल्पना गरिएको छ। जसमा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्को सदस्य नभएको व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्ने उल्लेख छ। तर, त्यसरी नियुक्त मन्त्रीले शपथग्रहण गरेको मितिले ६ महिनाभित्र सघीय संसद्को सदस्यता प्राप्त गर्नुपर्ने छ।

प्रधानमन्त्रीज्यूको सिफारिसमा श्री गोविन्द प्रसाद शर्मा (कोइराला) लाई मन्त्री पदमा नियुक्त गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्त गरिएकोु, राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ। त्यस्तै, यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्हाल्दै आएका दिलेन्द्रप्रसाद बडूलाई हाल प्रधानमन्त्रीले सम्हालिरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.