मुख्यमन्त्री तेक्वान्दो प्रतियोगीतामा कञ्चनपुर पहिलो
अत्तरिया, २६ चैत : अत्तरियामा सम्पन्न ‘प्रथम मुख्यमन्त्री सुदूरपश्चिम प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता–२०७८’ मा विभिन्न तौल समुहमा सञ्चालित प्रतियोगीतामा १३ स्वर्ण २ रजत पदक प्राप्त गर्दै कञ्चनपुर प्रथम भएको छ ।
यसैगरी प्रतियोगीतामा १ स्वर्ण ६ रजत र ३ कास्य पदक प्राप्त गर्दै कैलाली तेक्वान्दो डोजाङ्ग द्धितिय भएको छ भने आयोजक अत्तरिया तेक्वान्दो डोजाङ्गले १ स्वर्ण, ४ रजत र ७ कास्य पदक प्राप्त गरी तृतिय स्थान हासिल गर्न सफल भएको हो ।
कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा र बैतडी जिल्ला सहित आयोजक टिम गरि ६ वटा टिमका १ सय ८ जना खेलाडीको प्रतियोगीतामा सहभागीता रहेको थियो भने २० जना निर्णायकहरु रहेका थिए । प्रतियोगीताको उपाधी जितेसँगै कञ्चनपुर तेक्वान्दो डोजाङ्गले नगद रु. २५ हजारका साथै ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ । यसैगरी द्वितिय स्थान हासिल गर्न सफल कैलाली तेक्वान्दो डोजाङ्गले नगद रु. १५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने तृतिय भएको आयोजकले नगद रु. ७ हजारका साथै ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
यही चैत २४ गतेदेखी सुरु भएको प्रतियोगीता शनिबार एक कार्यक्रमका बिच सम्पन्न भएको हो । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को मुख्य प्रर्वद्धकमा अत्तरिया तेक्वान्दो डोजाङ्गद्वारा आयोजनामा भएको हो ।
प्रतियोगीताको आयोजक टिमका खेलाडी भुवन देउवा पुरुषतर्फ र कञ्चनपुर तेक्वान्दो डोजाङ्गकी खेलाडी अञ्जली साउँद महिलातर्फ उत्कृष्ट खेलाडी घोषीत भएका छन । यसैगरी उदयीमान खेलाडीका रुपमा कैलाली तेक्वान्दो डोजाङ्गकी खेलाडी छाँया कुँवर घोषीत भएकी छन ।