Agni Offset Press

पाँच महिनामै मालाखेती प्रहरी प्रमुख पोखरेलको सरुवा

Aarati simant

अत्तरिया, २६ चैत : ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीमा कार्यरत डिएसपी नबराज पोखरेलको सरुवा भएको छ । ६ नम्बर प्रदेश प्रहरी कार्यालय नेपालगन्जमा सरुवा भएको हो । उनी ५ महिना देखि मालाखेती प्रहरी प्रमुखको रुपमा कार्यरत रहेका थिए । उनको ठाउँमा प्रहरी प्रधान कार्यालयमा कार्यरत रबिन्द्र पाण्डे आउने भएका छन ।

यस्तै प्रहरी निरीक्षक उमेश चन्दको पनि सरुवा भएको छ । उनको दरबन्दी शुक्खडमा भएपनी ईलाका प्रहरी कार्यालय मालाखेतीमा काजको रुपमा कार्यरत रहेका थिए । उनको जिल्ला ट्राफिक कार्यालय कन्चनपुरमा सरुवा भएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.