Agni Offset Press

दार्चुलाको महाकाली नदीमा हाम फालेर एक महिलाको मृत्यु

Aarati simant

दार्चुला : सदरमुकाम खलंगाको एउटा बियर बारमा कार्यरत महिलाले आइतवार बिहान महाकाली नदीमा हाम फालेकी छन् । प्रहरी र स्थानीयबासिन्दाले बचाउको प्रयास गरेपनि सफल हुन सकेनन् । जिल्ला अस्पतालले ती महिलालाई मृत घोषणा गरेको छ ।

महाकाली नगरपालिका–४ घाटबजारस्थित रोशन बियर बारमा कार्यरत अपि हिमाल गाउँपालिका–४ खात्तीकी २५ बर्षिया दमन्ती धामीले नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्सपेक्टर माधव बिश्वकर्माले जानकारी दिए ।

उनी विवाहित हुन् । खात्तीका धाम्पा धामीसँग बिहे गरेकी दमन्तीले रिग्नेतालको सिढीबाट महाकाली नदीमा हाम फालेकी थिइन । सोही स्थानमा आवतजावत गर्ने मानिसहरूले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले करिव २ किलोमिटर तल नमस्कार मन्दिरको नदी किनारबाट उनलाई उद्धार गरेका थिए । ‘अस्पताल लगेपछि चिकित्सकहरुले मृत घोषणा गरे, बारमा काम गर्ने ती महिलाले किन आत्महत्या गरिन भन्नेबारेमा अनुसन्धान जारी छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.