धनगढी उपमहानगरको उपप्रमुखमा दिप्ती शाहीको दाबी
अत्तरिया : सामाजिक क्षेत्रमा सक्रिय दिप्ती शाहीले धनगढी उपमहानगरपालिकाको उपप्रमुखमा दाबी गरेकी छिन्। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उनले नेकपा एमालेबाट उक्त पदमा दाबी गरेकी हुन्।
२०६८ सालदेखि नेकपा एमालेको संगठित सदस्य रहकी शाहीले वडा कमिटी, जिल्ला निर्वाचन विभाग हुँदै पार्टीका विभिन्न संगठनमा बसेर काम गरिसकेकी छिन्। उनी अहिले धनगढी नगर कमिटीको सह–सचिव पदमा छिन्। पार्टीले आफूलाई विश्वास गरि उपप्रमुखको टिकट दिए विजयी हुने उनको दाबी छ।
शाहीले जेसिज लगायतका थुप्रै संघ संस्थामा काम गरिसकेकी छन् । एमबिएस सम्मको अध्ययन गरेकी शाही विगत लामो समयदेखि अध्यापन पेशामा संलग्न छिन्। उनले विगत १० वर्ष दिपेन्द्र प्रहरी आवाशिय माध्यमिक विद्यालय, ३ वर्ष सुदूरपश्चिम क्याम्पसमा अध्यापन गराएकी थिइन्। पछिल्लो ७ वर्षदेखि भने दिप्ती शाही कैलाली बहुमुखी क्याम्पसमा स्तनातक र स्नाकोत्तर तहमा अध्यापन गराउँदै आएकी छिन्।