Agni Offset Press

डडेल्धुराका देउवाको ‘मुसुर्दानी’ युट्युब ट्रन्डिङमा

Aarati simant

अत्तरिया : डडेल्धुराका रोहित देउवाको ‘मुसुर्दानी’ बोलको देउडा गीत युट्युब ट्रेन्डिङमा आएको छ। तीन दिनअघि मात्रै चक्र बमको युट्युब च्यानलमा सार्वजनिक भएको उक्त गीत युट्युबको दुइृ नम्बर ट्रेन्डिङमा पुगेको छ।

रोहित देउवाकै शब्द रहेको गीतमा देउवा र देउडा गायिका गौरी भट्टको स्वर सुन्न सकिन्छ। नरेन्द्रराज रेग्मी र देउवा स्वयमले नै गीतमा संगीत दिएका छन्। देउडा भाकाको उक्त गीतमा सुदूरपश्चिमकै भाषा, संस्कृति र भेषभूषा समेटिएको छ। गौरव गिरीको निर्देशन रहेको गीतको भिडियोमा चक्र बम र उर्मिला डिएस शाहीको अभिनय रहेको छ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा जन्मिएका देउवाले उक्त गीत आफ्नै गाउँ कुजाकोटमा सुटिङ गराएका थिए। मुसुर्दानी भन्नाले मालुपातको खोचोमा राखेको मुसुरोको दाल भनेर मानिन्छ। यो प्राय निम्न वर्गीय मानिसहरूले हिउँदमा जीविकोपार्जन गर्ने दलनको रुपमा चिनिन्छ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.