Agni Offset Press

पाँचदलीय गठबन्धनको अपिल, तपाईंको अमूल्य मत दिनुस्, व्यवस्था जोगाउँछौँ

Aarati simant

काठमाडौँ : सत्तारुढ पाँचदलीय गठबन्धनसम्बद्ध दलहरूले आसन्न स्थानीय निर्वाचनमा मिलेर होमिने निर्णय लिएका छन् । सोमबार बिहान प्रधान मन्त्री सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले यस्तो निर्णय लिँदै आपसमा सहयोग गर्ने प्रणसहितको अपिलपत्र सार्वजनिक गरेको छ ।

अहिलेसम्मको परिवर्तन उल्टाउन खोज्ने शक्तिविरुद्ध गठबन्धन नगरी नहुने अवस्था देखिएको भन्दै दलहरूले त्यसको प्रतिवादका लागि गठबन्धनका उम्मेदवारहरूलाई मत दिन अपिल गरेका छन् । ‘यही परिर्वतन विरोधी र प्रतिगामी दूराशयबाट देश र जनतालाई जोगाउन पाँचदलीय गठबन्धन बनेको हो,’ अपिलपत्रमा भनिएको छ, ‘पाँचदलको यो ऐक्यबद्धता नेपालमा लोकतन्त्र र लोकतन्त्रको मूल्यमान्यतामा आधारित समाजवादको रक्षा गर्दै नेपाल राष्ट्रको स्वाधीनता, नेपाली जनताको स्वतन्त्रता, र उन्नतीका लागि स्थानीय वासिन्दाहरूको कठिनाइ हटाउँदै तिनका आवश्यकता परिपूर्ति गर्न आगामी स्थानीय निर्वाचनमा पनि तालमेल गरेर अगाडि बढ्नेछौँ ।’

यस्तै गठबन्धनले स्थानीय तह निर्वाचनमा ठाउँ र अवस्थाअनुसार तालमेल गर्न पार्टीका नेतारकार्यकर्तालाई आहृवान गरेको छ । दलहरूले भनेका छन्, ‘देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनानवमा आपसी सहकार्य र परस्पर सहयोगी भावनाले अगाडि बढ्न पाँच दलका साथीहरूलाई आहृवान गर्दर्छौं ।’

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.