Agni Offset Press

माधव नेपालको पार्टी थारो भैँसी जस्तै हो : थापा

Aarati simant

बझाङ : नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले माधव कुमार नेपालको पार्टीलाई थारो भैँसी संज्ञा दिएका छन् । बझाङको चैनपुरमा आयोजना गरिएको नेकपा एमालेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्तो टिप्पणी गरेका हुन् ।

‘माधव नेपालको पार्टी थारो भैँसी जस्तै हो । उनले बनाउन खोजेको पार्टी बन्दैन । बने पनि देशको आवश्यकता अनुसारको हुँदैन’ उनले भने ।

अहिलेको अवस्थामा देशमा एमालेको आवश्यकता रहेको उनले बताए । जिल्ला पार्टी कार्यालयले आयोजना गरेको उक्त कार्यक्रमलाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, जनसङ्गठन विभाग प्रमुख भानुभक्त ढकाल लगायत बझाङ पुगेका छन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.