Agni Offset Press

गठबन्धन सरकारलाई जतिसक्दो चाडो फाल्नुपर्नेछ : उपाध्यक्ष पौडेल

Aarati simant

बझाङ : नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले गठबन्धन सरकारलाई जतिसक्दो फाल्नुपर्ने बताएका छन्। सोमबार नेकपा एमाले जिल्ला कमिटी बझाङले आयोजना गरेको जनसभामा सम्बोधन गर्न अध्यक्ष केपी ओलीसँगै बझाङ पुगेका पौडेलले भने, “परमादेशी सरकारलाई जनादेशबाट फाल्न चाहन्छौं। चाँडै हाम्रो सरकार बन्छ। एमालेलाई गाउँगाउँबाट जिताउन लाग्नुस्।”

लिपुलेक, लिम्पियाधुरा फिर्ता गर्ने र देश विकासको गतिमा बढाउने एमालेको सरकार भएको उनले दाबी गरे। बझाङको विकास पनि एमालेले नै गर्ने पनि उनले बताए। चैनपुर(ताक्लाकोट सडक एमालेको सरकार आएपछि बढाउने आश्वासन दिएका उनले त्यसपछि नाका खुल्ने बताए।

चैनपुर–ताक्लाकोट सडक बनेको देख्न चाहने भए एमालेलाई जिताउन पनि उनले आग्रह गरे। उनले चैनपुर सेती जलविद्युत् आयोजना पनि एमालेको सरकार आएपछि बढाइने बताए।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.