
स्याउलेमा पद्मा अस्पताल द्वारा निःशुल्क स्वास्थ्य शिविर

अत्तरिया, २८ चैत : कैलालीको गोदावरी नगरपालिका अत्तरिमा रहेको पद्मा अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । गोदावरी नगरपालिका वडा नम्बर ८ स्याउलेमा सोमबार अस्पातलले निःशुल्क शिविरको आयोजना गरेको हो । अस्पतालले आफ्नो नियमित कार्यक्रम अन्र्तगत स्याउलेमा महिलाहरुको स्वास्थ्य समस्यालाई लक्षित गरी शिविर आयोजना गरेको अस्पातलका प्रशासन प्रमुख मञ्जु साउँदले जानकारी दिईन् । शिविरमा वरिष्ठ प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. नारायण पौड्याल, रेडियोलोजिष्ट, भिडियो एक्सरे विशेषज्ञ डा. पुष्पराज रिजाल, प्रशासन प्रमुख मञ्जु साउँद लगायत स्टाफनर्सहरुको सेवा दिएका थिए । शिविरमा ७२ जनाले निःशुल्क स्वास्थ्यस सेवा तथा औषधीको सेवा लिएको प्रशासन प्रमुख साउँदले जानकारी दिईन् । अस्पतालले समय–समयमा यस प्रकारका शिविर गर्ने गरेको छ । ‘स्वास्थ्य सेवा त अस्पतालमा पनि दिईरहेका हुन्छौँ’, प्रशासन प्रमुख साउँदले भनिन् । ‘विपन्न वस्तीमा गएर पटक–पटक यस प्रकारका शिविरको आयोजना गर्ने गरेका छौँ ।’
पद्माले आकस्मिक सेवा, एम्बुलेन्स सेवा, नर्सिङ, सेवा, सुरक्षित गर्भपतन सेवा, जनरल सर्जरी सेवा, इको सेवा, आधुनिक प्रयोगशाला सेवा, फिजियोथेरापी सेवा, ओपीडी सेवा, आईसीयु, एनआईसीयु सेवा २४ घण्टा दिने गरेको छ । यस्तै गरी डिजिटल एक्सरे सेवा, भिडियो एक्सरे सेवा, इसीजि सेवा, इन्डोस्कोप सेवा र निशुल्क आमा सुरक्षा कार्यक्रम (प्रसुती सेवा ) दिने गरेको छ ।
