नयाँ बर्षमा रुद्र अटोमोटिभ्स बजाज सोरुम अत्तरियाले फेरि ल्यायो बजाज एक्सचेन्ज अफर
अत्तरिया, २ बैशाख : नयाँ वर्षको अवसरमा नेपाल हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडद्वारा बजाज मोटरसाइकलको अत्तरियाको एक मात्र आधिकारिक विक्रेता रुद्र अटोमोटिभ्स बजाज सोरुमले बजाज एक्सचेन्ज अफर ल्याएको छ । २०७९ साल को अवसरमा अफर ल्याएको हो ।
अफर नेपाल भरी लागू भएसंगै नयाँ वर्ष २०७९ साल अवसर पारी वैशाख ४ गते देखि बैशाख गते ६ दिन सम्म रुद्र अटोमोटिभ्स बजाज शोरुम अत्तरिया मा पनि लागु भएको हो ।
रूद्र अटोमोटिभ्स बजाज शोरुमले यस एक्सचेन्ज अफर अन्तर्गत ग्राहकहरुले कुनै पनि ब्राण्डको पुरानो बाइक लिएर आउन सक्ने छन् र नयाँ बजाज बाइक लिएर घर फर्कन सक्ने छन् । यसमा कुनै पनि ब्रान्ड को पुरानो मोटरसाइकलको प्रचलित बजार मूल्यांकन भन्दा १० हजार रुपैयाँ थप गरि दिने बताईएको छ ।
एक्सचेन्ज अफर मा ४० प्रतिशत डाउन पेमेन्ट मा ० प्रतिशत ब्याज का साथै प्रत्येक नयाँ बजाज मोटसाइकलको खरिदमा विशेष छुट र निःशुल्क एसेसरिज सुविधा समेत उपलब्ध गरेको छ ।
साथै बजाज मोटरसाइकल अत्तरिया क्षेत्र लागि आधिकारिक विक्रेता रूद्र अटोमोटिभ्सले नयाँ वर्ष २०७९ को अवसरमा ‘बजाज पाँचको पन्च’ अफर समेत ल्याएको छ । नयाँ वर्ष २०७९ अफर यो योजना अनुसार बजाजका कुनै पनि मोटरसाईकल खरिद गर्दा ग्राहकले सोचेर, हेरेर, किनेर, भनेर र बम्पर जितेर पूरै पाँच पटक सम्म १० हजार देखि १० लाख रुपैयाँ सम्म नगद जित्ने मौका पाउने रूद्र अटोमोटिभ्स अत्तरिया बजाज सोरुम ले जनाएको छ ।