अछाममा चट्याङ लागेर एक बालकको मृत्यु , अन्य ४ जना घाइते
अछाम : अछाममा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका ७ पुल्लेतोलामा चट्याङ लागेर १२ वर्षीया सुरेन्द्र विकको मृत्यु भएको हो।
त्यस्तै , चट्याङ लागेर अन्य ४ जना घाइते भएका छन्। शुक्रबार साँझ आएको हावाहुरीसँगै परेको चट्याङ लागेर ७० वर्षीया बृकेसे रावल ,५० वर्षीया जैसरा कामी, ६० वर्षीया रने कामी र ५५ वर्षीया मना कामी भएका छन्।