बाजुरामा नेपाली काँग्रेस र नेकपा एकिकृत समाजवादीका कार्यकर्ता बीच झडप, प्रहरीद्वारा हवाइ फायर

बाजुरा : बाजुराको बुढिनन्दा नगरपालिका वडा न ९ मा नेपाली काँग्रेस र नेकपा एकिकृत समाजवादीका कार्यकर्ता बीच दोहोरो झडप भएको छ ।

एकिकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको आरोपमा नेपाली काँग्रेसका कार्यक्रमलाई ढुगांमुढा प्रहार गरेपछी दोहोर झडप भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले जानकारी दिए । एकिकृत समाजवादीका कार्यकर्ताहरु प्रहरी चौकीमा पुगेपछी प्रहरीले स‌ंरक्षण गरेको भन्दै नेपाली काँग्रेसका कार्यकर्ताहरुले प्रहरी चौकी समेत तोडफोड गर्न लाग्दा प्रहरीले हवाई फाईर समेत गरेको सुचना अधिकारी बोगटीले जानकारी दिए । झडपमा एक जना प्रहरी समेत घाईते भएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकीमै पुगेर काँग्रेस कार्यक्रताहरुले नाराबाजी गर्नुका साथै तोडफोड गर्न लाग्दा प्रहरीले हावाई फाईर गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.