प्रचण्ड सुदूरपश्चिममा आउँदै

अत्तरिया : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुदूरपश्चिम आउँने भएका छन् । सोमबार (भोली अध्यक्ष प्रचण्ड कैलालीको कैलारी गाउँपालिका स्थित हसुलिया आउने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ ।

भोलि हसुलियामा माओवादीको कैलारी गाउँ समितिले चुनावी जनसभा आयोजना गर्ने भएको छ। उक्त जनसभालाई सम्बोधन गर्न प्रचण्ड त्यहाँ आउन लागेको माओवादी नेताहरुले बताएका छन् । स्थानीय चुनाव नजिकिएसँगै केन्द्रका नेताहरुले दौडधुप तथा सक्रियता बढाएका छन् । केहि दिन अगाडि नेकपा एमालेका अध्यक्ष केपीशर्मा आली पनि कैलाली आएका थिए र प्रधानमन्त्री एवं काँग्रेस पार्टी सभापति शेरबहादुर देउवा आज कैलाली आउँदै छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.