
स्थानीय तहको निर्वाचनको प्रचार गर्ने आज अन्तिम दिन हो । उम्मेदवारहरु आफ्नो पक्षमा मत पार्नका लागि अन्तिम कसरतमा रहेका छन् । कैलालीको गोदावरीमा गठबन्धन दल र नेकपा एमाले बीच कडा प्रतिस्पर्धा रहेको छ । गोदावरीमा गठबन्धन दलबाट काँग्रेसका विरेन्द्र भट्ट र एमालेका गोकर्ण भट्ट बीच प्रतिस्पर्धा रहेको छ । एमालेका नेता गोकर्ण भट्टसं गरिएको कुराकानीको सम्पादित अंश यहाँ छ…..
तपाइको उम्मेदवारी के का लागि हो ?
समग्र गोदावरीको विकासका लागि उम्मेदवारी दिएको छु । यसका साथै सुशासन र पारदर्शी ढंगले काम गर्न पनि उम्मेदवारी हो । स्थानीय सरकारले गरेका काम र योजनाको बारेमा जनतालाई जानकारी दिनुका साथै समृद्धि विकासका लागि मेरो उम्मेदवारी रहेका छ । विपन्न परिवारको घास,वास कपास उपलब्ध गराउने हो । जनताका आधारभूत आवश्कताहरु पुरा गर्नका लागि मेरो उम्मेदवारी रहेको छ ।
चुनावी प्रचारकै क्रममा हुनुहुन्छ । जनताका अपेक्षाहरु के–के पाउनु भएको छ ?
जनताको आवश्कता भनेको त त्यहि हो । शिक्षा, स्वास्थ्य, खानेपानी, बाटो हुन । गोदावरीमा धेरै समस्या छन् । समन्त सहरको विकास हुनुपर्यो ।
गोदावरीमा यहाँले देख्नु भएको खास समस्या के हो ?
गोदावरीमा खानेपानी हो । पक्की सडक निर्माण सबै वडामा पुग्न सकेका छैनन् । यसलाई प्रमुख प्राथमिकता दिन आवश्यक छ ।
गोदावरीमा छाडा पशु चौपाया पनि प्रमुख समस्याका रुपमा आईपरेको छ । यसलाई रोक्ने योजना के रहेको छ ?
छाडा पशु व्यवस्थापनका लागि एक वडामा एक गौशाल निर्माण गर्ने मैले आफ्नो घोषणा पत्रमा पनि राखेको छु । छाडा पशुचौपायको वैज्ञानिक तरिकाले व्यवस्थापन गरिन्छ ।
यहाँका प्रमुख चुनावी एजेण्डाहरु के–के छन् ?
अहिले सम्म राज्यले पछाडी पारेको समुदायलाई लक्षित गरी मेरो प्रमुख एजेण्डाहरु रहेका छन् । अधिकार नपाएका नागरिकहरुलाई अधिकार दिने, शिक्षा, स्वास्थ्य, खानेपानी सबैको घर–घरमा पुगाउने मेरा एजेण्डा रहेका छन् ।
यस अघि पनि निर्वाचनमा लड्नु भएको थियो । फेरि अहिले पनि यहाँको उम्मेदवारी रहेको छ । जित्ने आधारहरु के–के रहेका छन् ?
गाउँमा जादा नेकपा एमाले प्रति जनलहरले नै प्रमाणित भएको छ । गोदावरीको विकासका लागि गोकर्ण भट्टले मात्र विकास गर्न सक्छ भन्ने जनतामा भान भएको छ । अर्को कुरा मैले कुनै प्रकारको सेवा सुविधा समेत नलिने घोषणा गरेको छु । पार्टीको सम्पूर्ण शक्ति चुनावी मैदानमा होमिएको छ । यो नै मेरो जित्ने आधार हुन् ।
यस अघिका जनप्रतिनिधिले गरेका कामलाई कसरी मूल्यांकन गर्नुभएको छ ? पाँच बर्षको काम कारवाही सन्तोषजक छन् । कोरोनाका कारण केहि गर्न नसकेको काम छन् । चाहेर पनि काम गर्न नसकेको अवस्था देखिन्छ । अधुरा कामलाई पुरा गर्न तर्फ मेरो ध्यान केन्द्रित हुने छ ।
तपाईको प्रतिस्पर्धा को संग हो ?
मेरो प्रतिस्पर्धाको कुरा गर्दा कुनै दलसंग छैन् । एक्लै कुनै दल चुनावी प्रचारमा नभएको हुँदा गठन्धन दलसंग प्रतिस्पर्धा हुने कुरै भएन ।
एमाले प्रतिको जनलहरले आफुहरुलाई बिजयी हुन झन सहज हुने छ । हाम्रो पार्टी नेकपा एमाले गोदावरीमा सबैभन्दा ठुलो पार्टी हो उसै हामीसंग सबैभन्दा बढी मतदाता हुनुहुन्छ हामीसंग त्यस्तो धेरै प्रतिस्प्रर्धा कसैको हुने देख्दैन । मलाई पैँसा कमाउनु छैन म सेवा गर्नका लागी मेयर बन्न लागेको हुँ ।
तपाई जित्नुहुन्छ, ढुक्क हुनुहुन्छ नी ?
जनतामा म प्रति जन समर्थन र जनलहर छ । त्यसले गर्दा म विजयी हुनेमा ढुक्क छु । नेकपा एमालेप्रति जुन आकर्षण छ । त्यसले गर्दा जित सुनिश्चित छ । सम्पूर्ण पार्टी पंक्ति प्रचारमा छ । कुनै गट उपगुट रहित पार्टी भएको हुँदा एमालेको गोदावरीमा जित हुनेमा ढुक्क छु ।
