
स्थानीय तहको निर्वाचनका लागि दलहरु अन्तिम प्रचारमा छन् । आफ्नो पक्षमा मत पार्नका लागि उम्मेदवारहरु विहान देखि साँझ सम्म मतदाताहरुको घर दैलोमै छन् । अहिले सबै तिर स्थानीय तहको निर्वाचनको चर्चा रहेको छ । कैलालीको गोदावरी नगरपालिका लाई पनि धेरैले विशेष चासोका साथ हेरेका छन् । यो स्थानीय तह नेकपा एमालेका सचिव लेखराज भट्टको निर्वाचन क्षेत्र भएको हुँदा धेरैले चासोका साथ हेरेका हुन् । यहाँ दोस्रो पटक मेयरका लागि चुनाव लडिरहेका नेपाली काँग्रेसका नेता विरेन्द्र भट्ट ले पनि निर्वाचन गतिविधिलाई तिब्र नै पारेका छन् । उनले आफुलाई यस पटक जनताले विजयी गराउने विश्वास गरेका छन् । मेयरका प्रत्यासी भट्टसंग गरिएको कुराकानीको सम्पादित अंश….. ।
पहिलो पटक उम्मेदवारी दिँदा पराजित हुनुप¥यो । फेरि दोस्रो पटक तपाईको उम्मेदवारी के का लागि हो ?
स्थानीय सरकारमा जनताको सेवक भएर काम गर्नुपर्दछ । यस अघि २०७४ सालको स्थानीय चुनावमा पराजय हुँदै गर्दा मेले विगतका दिनमा जितेका प्रतिनिधिहरुले यस क्षेत्रको विकास, यस क्षेत्रका जनताको आयस्रोत हुने खालका कार्यक्रम सञ्चालन हुन सकेनन् । यहाँको विकासमा परिवर्तन र जनस्तरमा सुधार गर्नाका साथै गोदावरीको समग्र विकासका लागि मेरो उम्मेदवारी हो । स्थानीय चुनाव भनेको कुनै राज्यसत्ता परिवर्तन गर्नको लागि होइन ।
गोदावी काँग्रेस बलियो हुँदाहुँदै पनि पार्टीको आन्तरिक कलहले काँग्रेसले २०७४ को निर्वाचनमा हार व्यहोर्नुप¥यो भन्ने धेरै छन् । यसमा तपाईको धारणा के छ ?
गोदावरी काँग्रेस कहिले पनि कमजोर छैन् र हुनु पनि दिने छैन् । केहि आन्तरिक कारणले भन्नुपर्छ । २०७४ को निर्वाचनमा त्यो पनि झिनो मतले पराजय भएको हो । अहिले धेरै कुरा छन् । गोदावरी काँग्रेसको सम्पूर्ण शक्ति एक भएर प्रचारमा लागि परेको छ । गोदावरीमा काँग्रेस त्यस पनि बलियो छ । त्यसमा पनि अहिले सत्तारुढ दलहरु बीच गठबन्धन भएको हुँदा जित सुनिश्चित भएको छ ।
नगरपालिकाको काम कारवाहीप्रति सन्तुष्टि वा असुन्ति के हो ?
काँग्रेसले पाँच बर्षमा गोदावरीले गरेका काम कारवाही हेर्दा जनताको पक्षमा काम भएनन् । कार्यकर्तामुखी बढी भए । आवश्कता भन्दा बढी पहुँचका आधारमा विकासका योजनाहरु अगाडि बढे । यसले गर्दा जनतामा स्थानीय सरकार प्रति नै वितृष्णा बढेको छ ।
निर्वाचनमा लडेर जितिसकेपछि उहाँले समग्र गोदावरी नगरबासिको मेयर बन्न सक्नुपथ्र्यो । तर, अहिलेका मेयरले त्यो गर्न सक्नुृ भएन । अहिले देशभरमै सबैभन्दा बढी भ्रष्टाचारमा मुछिएको नगरपालिका गोदावरी बनेको छ । यसमा ८\१० जना कर्मचारी पनि परेका छन । कारिन्दाको रुपमा कर्मचारी काम गर्ने भएको कारणले कसुर नगरेका कर्मचारी पनि त्यसमा फसेका पनि छन । अहिले नगरपालिका सिस्टममा चलेको छैन । आफ्ना व्यक्तिगत फाइदाका लागि मात्रै अगाडी बढे । यस क्षेत्रको विकासका लागि लागेको भए आज यो अवस्था आउने थिएन । हामीले यो भन्दा राम्रो गर्न सक्छौ भन्ने हामीलाई विश्वास छ ।
पाँच बर्षमा भ्रष्टाचारमा गोदावरी नगरपालिका सबै भन्दा अगाडि आयो । काँग्रेसको सहभागिता भएमा भ्रष्टचारको अन्त्य हुनेछ । भ्रष्टाचारमुक्त नगर बनाउने हाम्रो मुख्य ध्यय हुने छ । शुसासनयुक्त नगरपालिका बनाउन्छु । शासकको रुपमा होइन, जनताको सेवक भएर काम गर्नेछु ।
गोदावरीमा काँग्रेसको जित्ने आधार के रहेको छ ?
गोदावरीमा सबै भन्दा पहिलो जित्ने आधार काँग्रेस एक ढिक्का भएको छ । एक साथ, एक स्वर प्रचारमा जुटेका छौँ । त्यस्तै गठबन्धन समेत भएको हुँदा गोदावरीमा काँग्रेसलाई पराजय गराउने कुनै शक्ति छैन् ।
यस पटकको निर्वाचनमा तपाईको मुख्य एजेण्डा के रहेका छन् ?
समग्र गोदावरीको विकासका लागि हामी लागिपर्ने छौँ । विकासको मोडालिटि दिन्छौँ । कम्तीमा पनि हामी गोदावरीवासी गौरव गर्न लायकको अनुभूति गराउने छौँ । गोदावरीको विकासका लागि गुरुयोजना बनाएर अगाडि बढ्ने छौँ । यस क्षेत्रमा पर्यटकीय एवम धार्मीक क्षेत्रलाई विकास गर्नेछौ ।
महिला, बालबालिका, अपाङ्ग, असाय, युवाको हकमा हामीसंग लक्षित कार्यक्रम छन । हामी त्यही अनुसार काम गर्ने छौ । हामीले नगरलाई समृद्ध नगरपालिका बनाउने प्रयत्न रहने छ ।
नगरका १२ वटै वडामा प्रचारमा गईरहनु भएको छ । जनताका के कस्तो माग रहेका छन् ?
जनताको अपेक्षा भन्दा बढी अहिले गुनासाहरु रहेका छन् । यस अघिका जनप्रतिनिधिहरु काम कारवाही देखर दिक्क छन् । यस अघि गलत व्यक्तिलाई चुन्दा दुख भयो भन्ने धेरै छन् । विकासका अपेक्षाहरु त हुने नै भए ।
