अत्तरियामा गठबन्धनको संयुत्त घरदैलो कार्यक्रम
अत्तरिया : कैलालीको अत्तरियामा गठबन्धनमा आवद्ध दलहरुले संयुत्त घरदैलो कार्यक्रम गरेका छन् । गोदावरी नगरका १२ ओटै वडामा घरदैलो सम्पन गरेका उनीहरुले मंगलबार अत्तरिया बजारमा संयुत्त घरदैलो कार्यक्रम गरेका हुन् ।
गोदावरी नगरपालीकामा नेपाली कांग्रेस,नेकपा माओवादी र नेकपा एकिकृत समाजवादीको गठबन्धन् रहेको छ । गोदावरी नगरपालीका प्रमुख पदमा नेपाली कांग्रेसका विरेन्द्र भट्ट र उपप्रमुखमा नेकपा एकिकृत समाजवादीबाट रत्ना कडायत रहेका छन् ।