७५३ पालिकाकै मतगणनामा सिसीटिभीबाट निगरानी

काठमाण्डौँ : स्थानीय तह निर्वाचनको मतगणनाका क्रममा निर्वाचन आयोगले देशैभर सिसीटिभीबाट निगरानी गर्ने भएको छ। स्थानीय तहका मतगणनास्थलमा केन्द्रबाटै सिसिटिभी क्यामेराबाट निगरानी तयारी गरिएको हो। निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले सबै पालिकाका मतगणनास्थलमा सिसिटिभी क्यामेरा जडान गरेर निगरानी तयारी अघि बढाइएको जानकारी दिए।

देशभरका ७५३ वटा पालिकाको अनुगमन निर्वाचन आयोगले केन्द्रीय कार्यालयबाट गर्नेछ। ७५३ पालिकामध्ये लगभग ५ सय वटा पालिकाको क्यामेरा जडान भइसकेको पौडेलले नेपालखबरलाई बताए। बाँकी पालिकासँग समन्वय गरेर बुधबार र बिहीबारसम्ममा क्यामेरा जडान गर्ने तयारी अघि बढेको पौडेलले बताए।

स्थानीय तह निर्वाचनको मौनअवधि मंगलबार राति १२ बजेबाट सुरु भइसकेको छ। आयोगले मौन अवधिमा गर्न पाइने र नपाइने कामबारे आचारसंहिता जारी गरिसकेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.