अत्तरियाबाट बाजुराका लागि छुटेको बस डोटीमा दुर्घटना

डोटी : डोटीको पूर्वीचौकी गाउँपालिकाको सानागाउँमा बस दुर्घटना भएको छ । कैलालीको अत्तरियाबाट बाजुरा गइरहेको सुदूरपश्चिम प्रदेश ०१ ००१ ख ३१०८ नम्बरको बस आज बिहान करिब ५ बजेतिर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी प्रमुख डीएसपी शारदा प्रसाद चौधरीका अनुसार दुर्घटनामा करिब २० देखि २५ जना घाइते भएका छन् । उनीहरूमध्ये केहीको अवस्था गम्भीर छ । ‘६ जनालाई उपचारका लागि जिल्ला अस्पताल ल्याइसकिएको छ । अरुलाई पनि ल्याइँदै छ,’ डीएसपी चौधरीले भने, ‘पहाडी जिल्लामा ठूला गाडी नचल्ने भएकाले साना गाडीहरुमा ओसारिरहेका छौं । उनका अनुसार अहिलेसम्म कसैको पनि मृत्यु भएको जानकारी छैन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.