गोदावरीमा काँग्रेस र एमालेका कार्यकर्ताबीच झडप
अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। बुधबार राति गोदावरी–६ मा भएको झडपमा परि एमालेका वडाअध्यक्षका उम्मेदवार जग्गुराम चौधरीका भाई बिन्तीराम चौधरी घाइते भएका छन्।
उनको पाखुरामा धारिलो हतियार प्रहार गरिएको छ। बिन्तीकी श्रीमतीमाथि पनि आक्रमण भएकोे बताइएको छ। उनीहरुको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भरहेको छ। घटनामा अन्य ५ जना पनि घाइते भएको स्थानीयले बताएका छन्।