भोट हाल्न मतदाता बिहानैदेखि लाइनमा
धनगढी : स्थानीय तह निर्वाचनमा मतदान गर्न मतदाताहरु बिहानैदेखि लाइनमा बसेका छन्। मतदान बिहान ७ बजेदेखि सुरु हुने भए पनि मतदाताहरु बिहान ६ बजेदेखि नै लाइनमा बसिरहेका छन्।
बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । कूल १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेको आयोगले जनाएको छ । निर्वाचन आयोगमा सूचीकृत मतदाताले मतदाता परिचय पत्र नभए अन्य सरकारी कागजातले मतदान गर्न सकिने व्यवस्था गरिएको आयोगले जनाएको छ । निर्वाचनमा पुरुष मतदाता ८९ लाख ९२ हजार १० जना र महिला मतदाता ८७ लाख ४१ हजार ५३० जना रहेका छन् ।
६ महानगरपालिका ११ उपमहानगरपालिका २७६ नगरपालिका र ४६० गरि ७५३ स्थानीय तहमा निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार ३५ हजार २२१ जना निर्वाचित हुने छन् । आयोगका अनुसार देशभर १० हजार ७५६ मतदानस्थल रहका छन् भने २१ हजार ९५५ मतदान केन्द्र रहेको आयोगले जनाएको छ ।
निर्वाचनमा १ लाख ९ हजार ८८ हजार कर्मचारी तथा निर्वाचनमा ६५ हजार ८६५ स्वयंसेवक खटिने छन् भने ५ हजार पर्यवेक्षक हुने आयोगले जनाएको छ ।