डडेल्धुरा को गन्यापधुराबाट मतदान गरेका प्रधानमन्त्री देउबाले सोधे,ओली जि ले भोट हाले कि नै ?

डडेलधुरा : प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार गृहजिल्ला डडेल्धुराको गन्यापधुरामा मतदानपछि सबैलाई मतदातालाई भोट हाल्न आग्रह गरेका छन्।प्रधानमन्त्री देउवाले गन्यापधुरा–१ स्थित मतदान केन्द्रमा भोट हालेका छन्। उनी मतदान गर्न हेलिकप्टरमा गन्यापधुरा पुगेका हुन्।मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सरकारले चुनाव गर्दैन भन्दै आएका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई कटाक्ष गरेका छन्। देउवाले भने, “चुनाव हुँदैन भन्ने केपी ओलीले पनि मतदान गर्नुभयो होला।”एमाले अध्यक्ष ओलीसहितका नेताहरूले प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्र गरेको आरोप लगाउँदै आएका थिए।
एमाले विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव नेपाल र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको दबाबमा (चुनाव सार्न खोजेको ओलीको आरोप थियो।प्रधानमन्त्री देउवा केही दिनदेखि सुदूरपश्चिममा छन्। उनी धनगढीस्थित आफ्नै निवासमा बसिरहेका छन्। उनी धनगढीबाटै भोट हाल्न डडेल्धुरा पुगेका हुन्

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.