गोदावरी नगरपालिकामा ६६ प्रतिशत मत खस्यो

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका मा झण्डै ६६ प्रतिशत मत खसेको छ । शुक्रबार सम्पन्न स्थानीय तह को निर्बाचन मा ३६ हजार ६ सय २२ मत ( ६६) खसेको छ । जसमा १६ हजार ६ सय ४३ पुरुष ले र १९ हजार ९ सय ७९ ले मतदान गरेका छन् । गोदावरी मा ५५ हजार ४ सय ९२ मतदाता रहेका थिए। सबै ठाउँ बाट मतपेटिका मतगणना स्थल गेटा मा ल्याउने कार्य जारी रहेको छ । यसै बिच नगरपालिका का १२ वटै वडा मा शान्तिपुर्ण रूपमा मतदान भएको गोदावरी निर्बाचन अधिकृत को कार्यालय ले जनाएको छ ।

बिहान सबै मतदान केन्द्र मा भिड लागेको भएपनी दिउँसो बाट भने सामान्य रूपमा नै मतदान भएको हो । ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डिएसपी रबिन्द्र पाण्डे ले शान्तीपुर्ण रूपमा नै मतदान सप्पन्न भएको बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.