बैतडीको सुर्नया गाउँपालिका–१ मा एमाले बिजयी

बैतडी : बैतडीको सुर्नया गाउँपालिका १ मा नेकपा एमाले बिजयी भएको छ । एमालेका वडा अध्यक्षका उम्मेदवार धन बहादुर चन्द सहित प्यानल नै बिजयी भएको हो । एमालेका उम्मेदवार चन्दले १५५ मत ल्याएर बिजयी भएका हुन् । कांग्रेसका उम्मेदवारले ११५ मत प्राप्त गरेका छन् ।

सुर्नयामा गाउँपालिका अध्यक्षमा भने नेपाली कांग्रेसको अग्रता रहेको छ । ४ सय ७० मतको परिणाम बाहिर आउँदा अध्यक्ष पदमा नेपाली कांग्रेसका गजेन्द्रबहादुर चन्दले २९८, नेकपा एमालेका अम्मरबहादुर कुँवरले ६८ र एकीकृत समाजवादीका नरेन्द्र बिष्टले ३१ मत पाएका छन् ।

यस्तै उपाध्यक्ष पदमा नेपाली कांग्रेसका मञ्जु बोहराले १५७, नेकपा माओवादी केन्द्रका दिलाराम भट्टले ७५ र राप्रपाका देवबहादुर चन्दले ९७ मत प्राप्त गरेका निर्वाचन अधिकृत सिद्धराज जोशीले जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.