कञ्चनपुरको लालझाडी–६ मा काँग्रेसका वडा अध्यक्ष प्यानल सहित विजयी
कञ्चनपुर : कञ्चनपुरमा नेपाली काँग्रेसले बिजयी शुरुवात गरेको छ । लालझाडी गाँउपालिका ६ नम्बर वडा काँग्रेसले जितेको हो । काँग्रेस वडाध्यक्षका उम्मेदवार हर्क नारायण जोशीको प्यानलै निर्वाचित भएको छ । निर्वाचन अधिकृतको कार्यालय अनुसार जोशीले आफ्ना निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका फुलाराम चौधरीलाई १ सय १५ मतको अन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित भएका छन ।
जोशीले ४सय ६४, चौधरीले ३ सय ४९ र एमालेका उम्मेदवार जित बहादुर चौधरीले २ सय ६६ मत ल्याएका छन ।