गोदावरी मेयरमा कांग्रेसको अग्रता कायमै,उपमेयरमा एमाले अगाडि
अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा मतगणना जारी रहेको छ । वडा नम्बर ५ को कार्यालय भबन मा मतगणना भईरहेको छ । अहिलेसम्म ४१८ मत गणना हुँदा काँग्रेस का मेयरका उम्मेदवार बिरेन्द्र भट्ट ले २०४ मत ल्याएका छन् ।
यस्तै, एमाले का उम्मेदवार गोकर्ण भट्टले १२६ मत ल्याएका छन् । १२ मत भने बदर भएका छन् । उपमेयर मा एमाले कि शारादा देबी रोकायाले १०८ मत ल्याएकी छन् भने एकीकृत समाजबादी कि रत्ना कडायत ले १०१ मत ल्याएकी छन् ।