अछाम रामारोशन–१ को वडा अध्यक्षमा माओवादी को प्यानल विजयी
अत्तरिया : अछाम रामारोशन गाउँपालिका मलातिकाकोट–१ को वडा अध्यक्षमा माओवादी केन्द्रका चक्रबहादुर साउँदको प्यानल विजयी भएको छ ।
साउँदले ५ सय १९ मत ल्याएर निर्वाचित भएका हुन् । कांग्रेस र नेकपा (एकीकृत समाजवादी) गठबन्धनले वडा अध्यक्षमा १ सय ६८, नेकपा (एमाले)ले ३ सय ८० मत प्राप्त गरेका छन् । उक्त वडाबाट गाउँपालिका अध्यक्ष पदको लागि नेकपा (माओवादी केन्द्र) ५ सय १० र उपाध्यक्षमा ४ सय ५९ मत ल्याएर अग्रता कायम गरेको छ ।