धनगढी उपमहानगरको मतगणना सुरु

धनगढी : सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मतगणना सुरु भएको छ । सर्वदलीय बैठकपछि मतगणना शनिबार साढे १२ बजेदेखि सुरु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नम्बर १ बाट मतगणना सुरु गरिएको छ । धनगढी उपमहानगरको नयाँ भवनमा मतगणना भइरहेको छ । उपमहानगरको मेयरमा मात्रै ९ जनाको उम्मेदवारी छ ।

सत्तारुढ गठबन्धनका नृपबहादुर वड, नेकपा एमालेका रणबहादुर चन्द र स्वतन्त्र उम्मेदवार गोपाल हमालबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.