धनगढीमा स्वतन्त्र उम्मेदवार हमाल ५७९ मतले अगाडि
धनगढी : धनगढी उप–महानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले १३ सय ८६ मत पाएका छन् । उनी प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार नृपबहादुर वड भन्दा ५७९ मतले अगाडि रहेका छन् ।
अहिले सम्मको २९ सय ५३ मत गणना हुँदा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ८ सय ०७ मत ल्याएका छन्।
यस्तै, एमालेका उम्मेदवार रणबहादुर चन्दले १ सय ४३ मत प्राप्त गरेका छन् । अहिले वडा नम्बर १ को मतगणना भइरहेको छ ।