कञ्चनपुरको कृष्णपुरमा कांग्रेसका मेयर–उपमेयरको अग्रता
धनगढी : कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेपाली कांग्रेसका मेयर र उपमेयरका उम्मेदवारले अग्रता बढाएका छन्। १३ सय २६ मत गणना हुँदा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार हेमराज ओझाले ४७१ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार लोकराज पन्तले ४३२ मत ल्याएका छन्।
त्यसैगरी नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवार जोगराज चौधरीले २२९ मत ल्याएका छन्। उपमेयरका उम्मेदवार कांग्रेसका द्रौपती रानाले ४५६ मत ल्याए भने एमाले उम्मेदवार रमिता रानाले ३८८ र माओवादी केन्द्रका उम्मेदवार गिता मल्लले २४७ मत ल्याएका छन्। एक नम्बर वडाको मत गणना भईरहेको छ ।