स्वतन्त्र उम्मेदवारलाई पछि पार्दै सुर्नया २ को अध्यक्षमा राप्रपाका विष्ट विजयी
बैतडी : बैतडीको सुर्नया गाउँपालिका वडा नं २ मा राप्रपाका उम्मेदवार विजयी भएका छन् । राप्रपाबाट गणेश बहादुर विष्ट ३ सय मत लिएर प्यानल सहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वि स्वतन्त्रका उम्मेदवार हर्क पाण्डेले २ सय ३८ मत ल्याएका छन्। यस्तै नेपाली काँग्रेसका कृष्ण बहादुर पाण्डेले १ सय ५० ।माओवादीका पूर्ण बहादुुर विष्टले १ सय ५५ मत ल्याएका हुन् । यो वडामा एमाले र राप्रपाको चुनावी तालमेला भएको थियो । यो पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको वडा पनि हो । यो वडामा ७४ सालमा पनि राप्रपाले नै जितेको थियो ।