गोदावरीमा कांग्रेस उम्मेदवार विरेन्द्र भट्ट ५६६ मतले अगाडि

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा नेपाली कांग्रेसले मतान्तर बढाउँदै लगेको छ । यहाँ काँग्रेसका उम्मेदवार विरेन्द्र भट्ट सुरु देखि नै अगाडि रहेका छन् । उनी ५६६ मत अन्तरले अगाडि रहेका छन् ।

गोदावरीमा कुल ४ हजार ९३२ मत गणना हुँदा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका बिरेन्द्र भट्टले २ हजार १४० मत ल्याएका छन भने उनलाई पच्छ्याइरहेका नेकपा एमालेका गोकर्ण भट्टले १ हजार ५७४ मत पाएका छन ।

उपमेयरमा भने नेकपा एमाले अगाडि छ । उपमेयरमा एमालेकी शारदा रोकायाले १ हजार ५ सय मत सहित अग्रता लिइरहदा गठबन्धनबाट एकीकृत समाजवादीबाट उपमेयरकी उम्मदेवार बनेकी रत्ना कडायतले १ हजार ३१० मत पाएकी छिन । दुवैविचको मतान्तर १९० रहेको छ । रत्न यस अघि पनि उपमेयर रहेकी थिईन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.