अत्तरियाको पदमाका चिकित्सले रगत दिएर बचाए बिरामीलाई
अत्तरिया : अत्तरियाको पद्मा अस्पतालमा उपचारमा आएका बिरामीको चिकित्सकले रगत दिएर बचाएका छन् । डोटी जोरायल गाउँपलिका वडा नम्बर एक बस्ने ३८ बर्षीय लक्ष्मी मल्लको चिकित्सक पुष्पराज रिजालले रगत दिएर बचाएका हुन् । ठूलो सर्जरी अप्रेसन गरेकी लक्ष्मीको रगत आवश्यक भएपछि चिकित्सकले आफै एक पोइन्ट रगत दिएका हुन् ।
उनको पाठ्यघरमा बच्चा नबसेर अन्त्य बसेको थियो । उनको अप्रेसन स्त्रीरोग विशेषज्ञ नारायणप्रसाद पौडेलको नेतृत्वमो अप्रेसन गरेको थियो । दुर्गम ठाउँबाट आएको महिलाको अस्पतालले आफ्नो सक्ने सहयोग मात्र गरेको अस्पतालको प्रमुख डाक्टर नरबहादुर मौनीले बताए । ‘खासै ठूलो समस्या त होइन्’, डा. मौनीले भने । ‘दुर्गम आएको महिलालाई कतै पनि रगतको जोहो नभएपछि व्यवस्था गरिएको हो ।’ पद्मा अस्पतालले लामो समय देखि दुर्गमममा स्वास्थ्य शिविर सञ्चालन देखि विभिन्न सामाजिक क्षेत्रमा पनि काम गर्दै आएको छ ।