चुरे गाउँपालिकाको अध्यक्षमा एमाले निर्वाचित

अत्तरिया : कैलालीको चुरे गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । सत्तारुढ पाँच दलको समर्थन पाएका नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेका चक्रबहादुर बोगटी निर्वाचित भएका छन् । बोगटीले तीन हजार ३०५ मत पाए भने निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका लोकबहादुर सारुमगरले तीन हजार २८१ मत ल्याएका छन् ।

गाउँपालिकाको उपाध्यक्षमा भने गठबन्धनतर्फबाट नेपाली कांग्रेसकी धना थापा निर्वाचित भएकी छन् । थापाले तीन हजार ४४९ मत ल्याएर विजयी हुँदा प्रतिद्वन्द्वी एमालेकी दीपादेवी साउदले तीन हजार १२१ मत पाएकी छन् । त्यसैगरी छ वटा वडा रहेको यो गाउँपालिकामा वडा नम्बर १ मा नेपाली कांग्रेसले वडाध्यक्ष र अन्य सबै वडामा नेकपा एमालेका वडाध्यक्ष विजयी भएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.