अत्तरिया हस्पिटलमा विशेषज्ञ सेवासहित २४ घण्टा सेवा सुचारु
अत्तरिया : कैलालीको अत्तरियामा अत्याधुनिक सुविधा सम्पन्न अत्तरिया हस्पिटल सञ्चालनमा आएको छ । अत्तरिया चोक नजिकै महेन्द्रनगर रोडमा विपन्न परिवारदेखि भिभिआइपीसहितको उपचार रहने अत्याधुनिक सुविधा सम्पन्न अत्तरिया हस्पिटलले सेवा सुचारु गरेको हो ।
अस्पतालले सुदूरपश्चिमका ७ पहाडी जिल्ला र तराई २ जिल्लाका विपन्न,गरिब र मुख्य ओहोदाका व्यक्तिलाई केन्द्रित गरी प्रदेशमै गुणस्तरीय सेवा दिने उद्देश्यका साथ २४ घण्टा सेवासहित अत्तरियामा अत्तरिया हस्पिटलले सेवा सुचारु गरेको अत्तरिया हस्पिटलका कार्यकारी प्रमुख डिल्ली पाठकले बताए ।
बुद्ध जयन्तीको अवसरमा अस्पतालले बुधवारदेखि ३ दिने बृहत् स्वास्थ्य शिविरको आयोजना रहेको अत्तरिया हस्पिटलका कार्यकारी प्रमुख डिल्ली पाठकले जानकारी दिए । उपचारका लागि आउने बिरामीलाई जनरल फिजिसियन ल्याप्रोस्कोपी सर्जरी ,अर्थोपेडिक तथा नशा रोगको ओपिडी अर्थात् परामर्श निस्शुल्क रहने छ । ल्याब टेस्टमा २० प्रतिशत छुट रहने अस्पतालले जनाएको छ ।
यस्तै अस्पतालमा आधुनिक उपचारका उपकरणहरू युएसजी मेशिन, ई–सिजी मेशिन, डिजिटल एक्स–रे, अत्याधुनिक ल्याब, भेन्टिलेटर, डाईलासिस, आकस्मिक उपचार कक्ष, हाडजोर्नी तथा स्पाइनल शल्यक्रिया, शल्यक्रियासहितको प्रसूति सेवा, सिटी स्क्यान, डायलसिस, दूरबिनबाट पत्थरी, एपेन्डी साइटिनलगायतको सम्पूर्ण शल्यक्रिया, फिजियोथेरापी लगायतका सेवा र आफ्नै फार्मेसीसहितका सेवा रहेको अस्पतालले जनाएको छ ।
अस्पतालमा ३ वटा अत्याधुनिक अपरेसन कक्ष रहेका छन् । जसमा सामान्य, जटिल र अति जटिल अत्याधुनिक अपरेसन कक्ष रहेका छन् । अस्पतालमा आइसियु, एनआईसियु सेवा, बिरामीहरूको सहजताका लागि घरायसी वातावरण भएको सुविधा सम्पन्न क्याबिन, महिला पुरुषका लागि छुट्टाछुट्टै जनरल वार्डसहितको व्यवस्था रहेको छ । व्यक्तिगत सुरक्षा र स्तरीय सेवा अभावले बाहिर चेकजाँचका लागि काठमाडौँ, विदेश जाने भिभिआइपीलाई समेत लक्षित गरी छुट्टै तलामा पारिवारिक वातावरण, किचन, शारीरिक व्यामको व्यवस्थासहित स्तरीय सेवा दिने उद्देश्य रहेको हस्पिटलका कार्यकारी प्रमुख पाठकले बताए ।
हस्पिटलमा काठमाडौँ बाहिरका अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा प्रदान गरी यस क्षेत्रका नागरिक लाभान्वित हुने अस्पतालले जनाएको छ ।