काठमाडौँ महानगरपालिकाको स्वतन्त्रका शाह एमालेका स्थापितभन्दा अगाडि

काठमाडौं : महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले १०८९९ मत ल्याएका छन्। पछिल्लो विवरणअनुसार दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ५८४१ मत ल्याएका छन्।तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ५११४ मत पाएकी छन्।

अहिले वडा नम्बर ३, ४, ५, ६, ३१ र ३२ को मतगणना भइरहेको छ। यी, सबै वडामा बालेनले सबैभन्दा धेरै मत पाइरहेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.