घोडाघोडी नगरपालिकामा गठबन्धन जितको नजिक

अत्तरिया : कैलालीको घोडाघोडी नगरपालिकामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयीको नजिक पुगेको छ । ४८४५ मत गणना गर्न बाकी रहँदा सम्म ४६७५ मतान्तरले अगाडि रहेका नेकपा एसका खडक रावत नगर प्रमुख बन्ने पक्का भएको हो । एमालेका ममता प्रसाद चौधरीले ५९८६ मत ल्याएका छन् भने नेकपा एसका रावलले १०२५० मत ल्याइसकेका छन् । चौधरी अघिल्लो पटकका नगर प्रमुख हुन् ।

अहिले सम्म सुदूर पश्चिम प्रदेशमा एक स्थानीय तहमा पनि नेकपा एकीकृत समाजवादीले पालिका प्रमुख जित्न सकेको छैन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.