कैलारीमा गठबन्धनको कारबाहीमा परेका कांग्रेसका चौधरी विजयी

अत्तरिया : कैलालीको कैलारी गाउँपालिका अध्यक्षमा काँग्रेसका उम्मेदवार राजसमझ चौधरी विजयी भएका छन् । उनी गठबन्धनका आधिकारिक उम्मेदवार निर्वतमान गाउँपालिका अध्यक्ष लाजुराम चौधरीलाई
सत्तासाझेदार गठबन्धनको कारबाहीमा परेका नेपाली कांग्रेसका उम्मेदवार राजसमझ चौधरी कैलालीको कैलारी गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन् । उनले गठबन्धनका आधिकारिक उम्मेदवार निर्वतमान गाउँपालिका अध्यक्ष माओवादीका लाजुराम चौधरीलाई ४ हजार ६२ मतान्तरले पराजित गरेका हुन् ।
राजसमझले १० हजार ४ सय ९२ मत प्राप्त गरे भने लाजुरामले ६ हजार ४ सय ३० मत प्राप्त गरेका छन् । कैलारीमा गठबन्धनले राजुरामलाई कारवाही भएको भन्दै आधिकारिक उम्मेदवार नभएको विज्ञप्ति निकालेको थियो । गठबन्धन दलहरु बीच अन्तिम समय सम्म पनि भागबण्डा नमिल्दा राजसमझले पार्टीका पुरै टिम सहित उम्मेदवारी दिएको थियो । तर, उम्मेदवरी दर्ता भईसकेपछि गठबन्धन दलहरुले फार्ता बोलाएका थियो । राजसमझ अडानमा रहेर चुनावी मैदानमा रहेको थिए । अन्तिममा उनले पार्टीलाई जिताएर देखाएका छन ।
यस्तै उपाध्यक्षमा कांग्रेसकी भागवतीकुमारी चौधरी विजयी भएकी छन् । उनले १० हजार ४ सय ८४ मत ल्याएर निर्वतमान उपाध्यक्ष माओवादीकी लक्ष्मी सत्गौवा थारुलाई पराजित गरेकी हुन् । सत्गौवाले ६ हजार ४ सय ७७ मत प्राप्त गरिन् ।
गाउँपालिकाको पुरै वडा एक देखि ९ सम्म काँग्रेस विजयी भएको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.