धनगढीमा स्वतन्त्र उम्मेदवार हमाल ९५९० मतले अगाडि

धनगढी : धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमाल ९ हजार ५९० मतले अगाडि रहेका छन् । निर्वाचन कार्यालयले शुक्रबार विहान सार्वजनिक गरेको मत परिणाम अनुसार
मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले १९ हजार १४७ मत पाएका छन्। यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ९ हजार ५५७ र नेकपा एमालेका रणबहादुर चन्दले ४ हजार ६६४ मत पाएका छन्। हमाल र वडबीच ९ हजार ५९० मतको अन्तर छ।

यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ८ हजार ८१५ मतका साथ लिड गरिरहेकी छिन्। एमालेकी कन्दकला रानाले ८ हजार १४१ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ५ हजार ३६ मत पाएका छन्। अहिलेसम्म वडा नम्बर १, २, ३, ४, १५, १६, १७, १८ र १९ को मतगणना सम्पन्न भएको छ।

शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.