गोदावरीका मेयर भट्टले गरे जिम क्लबको उद्घाटन
अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्टले फिटनेस प्लानेटको उद्घाटन गरेका छन । ६० लाखको लगानीमा अत्तरिया महेन्द्रनगर रोडमा खुलेको फिटनेस प्लानेट जिम सेन्टरको मेयर भट्टले रिबन काटेर उद्घाटन गरेका हुन ।
जनता बजारको तल्लो तालामा फिटनेस प्लानेट सन्चालनमा आएको छ । उद्घाटन पछि उनले यँहा रहेका सामग्रीको अबलोकन पनि गरे । आज नै उनले पदभार पनि ग्रहण गरेका छन ।