लम्कीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
अत्तरिया : कैलालीमा माटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजामार्गअन्तर्गत जिल्लाको लम्कीचुहा नगरपालिका–६ गुलारामा ना ५ क ४३८२ नम्बरको बसले से ५ क २४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बर्दगोरिया–५ का श्रवण रानाको मृत्यु भएको प्रहरी जानकारी दिएको छ ।
कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार शुक्रवार दिउँसो भएको दुर्घटनामा मोटरसाइकलमा सवार रानाकी श्रीमती राजमती राना घाइते भएको छन् । उनको स्थानीय अस्पतालमा प्राथमिक उपचारपछि कोहलपुर रेफर गरिएको छ ।
दुर्घटनापछि स्थानीयले पूर्वपश्चिम राजमार्गमा प्रदर्शन गरेका छन् । प्रहरीले बस चालक महोत्तरीका प्रेमकुमार अधिकारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।