गौरीगंगामा मेयरमा माओवादी, उपमेयरमा काँग्रेस विजयी

अत्तरिया, ६ जेठ : कैलालीको गौरीगंगामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मेयरमा माओवादी केन्द्रका देवीदत्त कँडेल र उप मेयरमा नेपाली काँग्रेसका भोजबहादुर बम विजयी भएका हुन् । शुक्रवार सम्पन्न मतगणना अनुसार १३ हजार ७ सय ९५ मत प्राप्त गर्दै कँडेल प्रमुखमा विजयी भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी एमालेका पदम सिंगालले ६ हजार ६ सय ३२ मत प्राप्त गरेका छन् । ७ हजार १ सय ६३ मतान्तरले कँडेल विजयी भएका छन् । यस्तै उपप्रमुखमा नेपाली काँग्रेसका भोज बहादुर बमले ११ हजार २ सय ८१ मत प्राप्त गर्दै विजयी भए ।
उपप्रमुखमा एमालेका शान्ति देवी सिंहले ६ हजार ७ सय ४३ मत प्राप्त गरेका थिए । ४ हजार ५ सय ३८ मतको मतान्तरले बम विजयी भएका छन् । गौरीगङ्गामा २६ हजार ९ सय ८५ मत खसेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.